FAQs Complain Problems

गाउँपालिका र संस्थागत तथा सामुदायिक बिद्यालयका प्र अबीच अन्तर्क्रिया कार्यक्रम

अाज मिति २०७४।५।४ गते यस गाउँपालिका क्षेत्र भित्रका सम्पुर्ण संस्थागत तथा सामुदायिक बिद्यालयका प्र अ , गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , कार्यकारी अधिकृत , स्रोतकेन्द्र ब्यबस्थापन समिति र स्रोतब्यक्ति बीच शैक्षिक अन्तर क्रिया म्याग्दे गाँउपालिका थर्पु स्रोतकेन्द्र तनहुँमा संचालन भयो । अन्तर क्रियामा सहभागी प्र अ हरुले अाअाफ्नो बिद्यालयको अबस्था,राम्रो अभ्यास तथा सुधारका लागि गरिएका क्रियाकलाप र समस्याका कुराहरु प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा म्याग्दे गाउँ पालिका अध्यक्ष मायादेवी राना , बिशिस्ट अतिथिका रुपमा उपाध्यक्ष बालकृष्ण घिमिरे र कार्यकारी अधिकृत दयाराम तिवारीले समसामयिक शैक्षिक अबस्था एबम् स्थानीय तहमा अाएको माध्यमिक तह सम्मको शिक्षाको दायित्व र जिम्मेवारी सम्बन्धमा बिचार प्रकट गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता स्रोत केन्द्र ब्यबस्थापन समिति संयोजक पवित्रा घिमिरे र संचालन स्रोतब्यक्ति हुतमणि अधिकारीले गर्नु भएको थियो ।

आर्थिक वर्ष:

वडा पदाधिकारी